Head Office

Lazimpat, Kathmandu, Nepal

10:00 AM - 5:00 PM (Sunday-Thursday)
10:00 AM - 2:00 PM (Friday)

01- 4542646

01-4006648

977-1-4416427

info@nlgi.com.np

पाँचथरको फिदिममा कृषी तथा पशुपन्छी बीमा सम्बन्धि एक दिने अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

10 December 2021

कृषी तथा पशुपन्छी बीमा सम्बन्धि एक दिने अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम पाँचथरको फिदिममा सम्पन्न भएको छ । 

एन.एल.जी. इन्स्योरेन्स कम्पनी फिदिम कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु तथा कृषी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रस्ट पारिएको थियो । कार्यक्रमको सहजिकरण एन.एल.जी. इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख खड्ग बहादुर श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रममा पाँचथर जिल्लाका कृषकहरु, फिदिम नगरपालिका १ नम्बर वडा अध्यक्ष गजाधर भट्टराई, फिदिम नगरपालिका कृषी तथा पशुपन्छी शाखा प्रमुख तिर्थ मिश्र, पशु प्राविधिक लगायतको उपस्थिती रहेको थियो । 

Calculator
Download
News and Update