Head Office

Lazimpat, Kathmandu, Nepal

10:00 AM - 5:00 PM (Sunday-Thursday)
10:00 AM - 2:00 PM (Friday)

01- 4542646

01-4006648

977-1-4416427

info@nlgi.com.np

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा बीमा सचेतना र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन

14 December 2021

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा बीमा सचेतना र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन

एनएलजी इन्स्योरेन्स कम्पनी बीमा जनचेतना सम्बन्धी कार्यक्रम लिएर पश्चिम रुकुम पुगेको छ । एनएलजी ईन्स्योरेन्स कम्पनीद्वारा पश्चिम रुकुमको त्रिवेणी गाँउपालिकामा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन गरेको छ ।

उक्त कार्यक्रममा त्रिवेणी गा.पा. वडा नं ३ र ५ का वडा अध्यक्ष्यद्वय मोहन वली र खडक बहादुर घर्ती, पशु सेवा कार्यालयका प्रमुख थान बहादुर वली, त्रिवेणी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रमेश पुनलगायत स्थानीय अगुवा कृषक तथा पशुपालक किसानहरुको उपस्थिती रहेको थियो ।

एनएलजी ईन्स्योरेन्स कम्पनी नेपालगन्जका क्षेत्रिय प्रमुख सुनील श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित वक्ताहरुले यस्ता किसिमका घुम्ती बीमा र छलफल कार्यक्रमले सरोकारवाला किसानहरुले प्रत्यक्ष लाभ लिन सहज बनाएको र नजानेका कुराहरुको ज्ञान लिन पाएको भनि आयोजक एनएलजी ईन्स्योरेन्स कम्पनीलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा कृषी बीमा कार्यक्रममा सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Calculator
Download
News and Update